FAQs Complain Problems

संक्षिप्त परिचय

साविकमा नेपाल अधिराज्यको पुर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने सगरमाथा अञ्चलको पाँच पहाडी जिल्लाहरु मध्येको एक सोलुखम्बु जिल्लाका तीनवटा गाउँ विकास समितिहरु काँकु, वाकु र बासा पुरै एवम् जुभिङ गाउँ विकास समितिको वडा नम्बर २,३,४ र ६ को संयोजन भई हाल कोशी  प्रदेश अन्तर्गतका स्थानीय तहरुहरु मध्ये माप्य दुधकोशी गाउँपालिका २०७३।११।२२ गते गठन भएको हो । भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि माप्य दुधकोशी गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, साँस्कृतिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक सम्भावना र पक्षहरु महत्वपूर्ण पहिचानको रुपमा रहेको छ । विभिन्न जातजातिहरु बीचको सामाजिक, साँस्कृतिक र धार्मिक सहिष्णुता, सद्भाव, सहकार्य र एकता हाम्रो माप्य दुधकोशी गाउँपालिकाको अनुपम विशेषता हो । दुधकोशी नदीबाट जलविधुत र जलपर्यटनको प्रवद्र्धन एवम् वडा नम्बर ६ स्थित वाप्साखानीमा रहेको आंशिक रुपमा पहिचान भएको विशाल तामाखानीको उत्खनन् र प्रशोधन गरी बृहत्तर आर्थिक विकासको ढोका खोल्न सकिने सम्भावना यस गाउँपालिकामा रहेको छ । सदरमुकाम सल्लेरीबाट काँकु, बासा र जुभिङ हुँदै खुम्बुक्षेत्र जोड्ने सडकको विकास गरी नियमित सडक यातायात सञ्चालनको व्यवस्था मार्फत पर्यटन मार्गका विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।